Skip to content

अप्पर सोलु हाइड्रो इलेक्ट्रिकको साधारणसभा पुस २६ गते

nabil bank

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको साधारण सभाको मिति घोषणा भएको छ । कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले पुस २६ गते ९ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।

कम्पनीको साधारसभा नक्सालस्थित लिसारा रिसेप्सनमा बिहानको १० बजे देखि सुरु हुने छ । कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन । सभामा गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायत अन्य वित्तीय विवरण छलफल गरी पारितका लागि पेश गरिनेछ ।

साथै चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकको बैठक भत्ता अनुमोदन गर्ने र ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव सभाका लागि तय गरिएका छन् । सभा प्रयोजनार्थ कम्पनीले पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस ७ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime