काठमाडौं । ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका आधारमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ । शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा २६ करोड रुपैयाँभन्दा बढी रकम बिगो दाबी गरी प्रधानविरुद्ध मुद्दा दायर गरेको छ ।
नेपाल हाइड्रो डेभलपर्स लिमिटेडमा भएको कारोबारबारे छानबिन गरी विभागले प्रधानविरुद्ध मुद्दा चलाउन सरकारी वकिल कार्यालयमा राय पेस गरेको थियो । विभागले प्रधान र उनको परिवारविरुद्ध ५२ करोड रुपैयाँ जरिवानासहित मुद्दा चलाउन सिफारिस गरेकोमा सरकारी वकिल कार्यालयले प्रधानविरुद्ध मात्र मुद्दा दायर गरेको छ ।
विभागको प्रतिवेदनपछि अनुसन्धान गरेका जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले अनुसन्धानबाट प्राप्त प्रमाणहरूबाट प्रधान दोषी रहेको पाइएकाले मुद्दा दायर गरिएको जानकारी दिए ।






प्रतिक्रिया दिनुहोस्