काठमाडौं । काका भतिजाको झगडाले बन्द भएको ललितपुरको निदान अस्पताल पुनः सञ्चालनमा आएको छ ।
बन्द भएको करिब ८ महिनापछि निदान अस्पताल सञ्चालनमा आएको हो । अस्पताल मुख्य लगनीकर्ताको विवाद र घट्दो व्यापारको कारण बन्द भएको थियो ।
अस्पताल सञ्चालनको लागि अहिले डा. ऋषिकेश नारायण श्रेष्ठले मेडिकल डाइरेक्टरको जिम्मेवारी लिएका छन् ।
२०६९ सालमा निदान हस्पिटल खुलेको थियो। । हस्पिटलको नेतृत्व डा पुकारचन्द्र श्रेष्ठले गरे ।
काका भतिजाको लडाइँले १ अर्बको सम्पत्ति डुब्यो, हिमालयन बैंकलाई १६ करोड तिर्न बाँकी
मृगौला प्रत्यारोपणमा नाम चलेका डाक्टर श्रेष्ठ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा थिए । अस्पताल डा श्रेष्ठको नेतृत्वमा खुलेपनि यसको व्यवस्थापनको जिम्मा उनका भतिजा अभिषेक श्रेष्ठलाई दिएका थिए । अभिषेक पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका छोरा हुन् ।
अस्पताल काका भतिजाको झगडाले बन्द भएको तथा बैंकले समेत ऋण तिर्नको लागि नियमित ताकेता गरिरहेको थियो । निदान अस्पतालमा हिमालयन बैंकले १६ करोड ऋण दिएको थियो । अस्पताल सञ्चालन नगरेर बन्द भएमा हिमालयनले सो ऋण शतप्रतिशत प्रोभिजन गर्नुपर्ने थियो ।
अस्पताल बन्द भएपछि यसलाई सञ्चालन गर्न लगानीकर्ताबीच कुरा मिलाउनको अध्यक्षको जिम्मेवारी बरिष्ठ व्यवसायी तथा लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठलाई दिएको थियो । स्रोतका अनुसार गणेशबहादुर श्रेष्ठको नेतृत्वमा नै अस्पतालको विवाद समाधान भएको छ ।
अनौपचारिक सहमति अनुसार अस्पतालका शुरुका लगानीकर्ता डा पुकार श्रेष्ठ बाहिरिने छन् । अन्य नयाँ लगानीकर्ता ल्याएर अस्पताल सञ्चालन गर्ने तयारी रहेको छ ।
अस्पताल शुरुमा निकै राम्रोसँग चलेको थियो । अस्पताल राम्रोसँग चलिरहेको थियो । उद्योगी व्यवसायीदेखि लिएर डाक्टर तथा पछिल्लो समय डोल्मा फण्डले समेत लगानी गरेको थियो । अस्पतालले छुट्टै भवन बनाउनको लागि जग्गासमेत किनेको थियो ।
अस्पतालमा काका डा पुकार र भतिज अभिषेकबीच कसले गर्दा अस्पताल चलेको भन्ने लडाइँ शुरु भयो । डा पुकार मृगौला प्रत्यारोपणमा नाम चलेका डाक्टर थिए । उनलाई विश्वास गरेर अस्पतालमा डाक्टरहरुले लगानी गरेका थिए । अभिषेक आफू व्यवस्थापनमा अब्बल भएको र जसको कारण अरु उद्यमी व्यवसायीले लगानी गरेको हुँदा अस्पताल चलेको दाबी गरेका थिए ।
अस्पताल चलिहरेको बेला निदानमा एउटा घटना घट्यो । २०७६ सालमा अनाधिकृत व्यक्तिबाट मृगौला लिएर प्रत्यारोपण गरेको आरोपमा तत्कालिन प्रमुख कार्यकारी अधिकृत बिपेन्द्र प्रधानलाई प्रहरीले पक्राउ गर्यो । यसले डा पुकारको जुन इज्जत थियो त्यसमा दाग लाग्यो । मृगौला प्रकरणपछि अस्पतालमा बिरामीहरुको चाप कम हुन थालेको थियो । २०७८ सालमा डोल्मा फण्डले अस्पतालमा लगानी गरेको थियो । व्यक्तिगत तर्फ अस्पताल लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको समेत लगानी थियो । परिवारको समेत लगानी भएको हुँदा अञ्जन बुवा गणेश श्रेष्ठले विवाद समाधानको लागि पहल गरेका थिए । जस अनुसार अस्पतालले ओपिडी सेवा अहिले सञ्चालनमा ल्याएको छ भने पछि अन्य सेवा पनि सञ्चालनमा ल्याउने छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीको गरेर ५ करोडजति तिर्न बाँकी छ । यसबाहेक घरभाडा समेत अस्पतालले तिरेको थिएन ।
प्रतिक्रिया दिनुहोस्