काठमाडौं । विद्युत प्राधिकरणको सञ्चालक समितिमा दुई सदस्य नियुक्त भएका छन् । मंगलबारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीस्तरीय निर्णयले लक्ष्मण केसी र डा. बलबहादुर पराजुलीलाई नियुक्त गरेको हो । दुवै इन्जिनियर हुन् । पराजुली संखुवासभाका हुन् ।
केसी डेमोक्र्याटिक इन्जिनिर्यस नेपाल (सिडेन) अध्यक्ष हुन् । पुस २ गते मंगलबारदेखि सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनको कार्यकाल सकिएसंगै ऊर्जा मन्त्री दीपक खड्काले दुई सञ्चालक नियुक्त गरेका हुन् ।
कपिल आचार्य एकीकृत समाजवादी र पुन माओवादीको कोटाबाट नियुक्त भएका थिए । कार्यकाल सकिनुअघि नै दुवैलाई मन्त्री खड्काले हटाउने निर्णय गरेका थिए । तर, अदालतबाट स्टे अर्डर पाएर फर्किएका थिए ।
प्रतिक्रिया दिनुहोस्