Skip to content

कान्तिपुर फर्मास्यिुटिकल्स ल्यावको प्रथम वार्षिक साधारणसभा सम्पन्न

nabil bank

काठमाडौं । कान्तिपुर फर्मास्यिुटिकल्स ल्याव लिमिटेडको पहिलो साधारणसभा सम्पन्न भएको छ । कम्पनीका पहिलो साधारणसभा २०८१ पुस १ गते होटलसारथी, धुलिखेल काभ्रेमा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष हेम राज बडालको अध्यक्षतामा सम्पन्न भएको उक्त सभाले लेखापरिक्षकको प्रतिबेदन सहितको २०८१ आसार मसान्तको वासलात र सोहि मितिमा समाप्त आ.व.२०८०/०८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रबाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्यो । साथै, उक्त सभाले संचालक समिति सदस्यहरुको रुपमा सुना सुबेदी, नवराज पौड्याल, अनिश बडाल, दिबेश थापा निर्बिरोध निर्बाचित गरेको छ भने स्वतन्त्र संचालककोहकमा निरज कार्कीलाई नियुक्ति गरेको छ ।

त्यसैगरि, कम्पनीको कूल चुक्ता पुँजीको १४.८६ प्रतिशत सर्वसाधारणका लागि साधारण सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरी नव निर्वाचित संचालकहरुलाई निर्वाचन अधिकृत अधिवक्ता गणेश सिग्देलले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । कार्यक्रममा, कम्पनीका सेयरधनी, कर्मचारी तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime