काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले यही पुस २४ गतेका साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले पुस २४ गते काठमाडौंको कालीमाटीस्थित कालीमाटी व्याङ्क्वेटमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो ।
यो कम्पनीको ९ औँ वार्षिक साधारणसभा हो । कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन । गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरिनुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषया टुङ्ग्याइनेछ ।
त्यसैगरी सञ्चालक समितिको निर्वाचन गर्ने अन्य जलविद्युत आयाजनासँग मर्जर प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समावेश छन् । सभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्