काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले पुस २८ गनेका लागि साधारणसभा बोलाएको हो ।
कम्पनीको साधारणसभा काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुने छ । कम्पनीले गत आवको मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव सभामा पेश गर्नेछ । साथै गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ ।
त्यसैगरी विद्युत उत्पादन अनुमतिपत्र हस्तान्तरण गर्ने, एफपीओ निष्कासन र सहयोग रकम अनुमोदन गर्ने लगायतका प्रस्ताव समावेश छन् । सभा प्रयोजनार्थ कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने भएकाले पुस १७ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।






प्रतिक्रिया दिनुहोस्