Skip to content

मनाङमा ४.७ म्याग्निच्युडको भूकम्पको धक्का

nabil bank

काठमाडौं । मनाङमा आज बिहान भूकम्प गएको छ । मनाङको नेस्याङ केन्द्रविन्दु आसपास भूकम्प गएको हो ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज बिहान ७ बजेर ३७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पले क्षति पुर्‍याएको जानकारी भने छैन ।

बझाङमा लगातार दुई दिन बुधबार र विहीबार तीन पटक भूकम्प गएको थियो । बुधबार दिउँसो ३ बजे बझाङको धमेना केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको थियो । मंगलबार साँझ ५ बजेर ८ मिनेटमा धमेना केन्द्रमै ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो । मंगलबार नै दिउँसो १ बजेर २ मिनेटमा बझाङको रायल केन्द्र भएर ३.९ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime