काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा खुला तथा समावेशी प्रक्रियाद्वार पदपूर्ति गर्ने गरी ठूलो संख्यामा आवेदन खुलाएको छ । प्राधिकरणले पाँचौं तहदेखि दशौं तहसम्मको प्रशासन तथा प्राविधिकतर्फ ९५३ जनाको लागि आवेदन खुलाएको हो ।
प्राधिकरणले प्रबन्धक, सहायक निर्देशक, सहायक प्रबन्धक, प्रशासकीय अधिकृत, कानून अधिकृत, लेखा अधिकृत, चार्टड एकाउन्टेन्ट, इलेक्ट्रिक इन्जिनियर, इन्जिनियर, सर्भे इन्जिनियर, वातावरणविद्, जियोलिस्ट पदमा आवेदन खुलाएको हो ।
त्यसैगरी मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर कम्युनिकेसन इक्विपमेन्ट अपरेटर लगायतका पदमा पनि दरखास्त आह्वान गरेको छ । योग्य तथा इच्छुक व्यक्तिले पुस २५ गतेसम्म र दोब्बर दस्तुर तिरेर माग ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।







प्रतिक्रिया दिनुहोस्