Skip to content

भिजन लुम्बिनी ऊर्जाको दुई आवको साधारणसभा पुस २७ गते

nabil bank

काठमाडौं । भिजन लुम्बिनी ऊर्जाको दुई आर्थिक वर्षको साधारण सभा एकै पटक गर्ने भएको छ । कम्पनीको ५ औँ र छैटौं वार्षिक साधारणसभा यही पुस २७ गते शनिबार बस्ने भएको हो ।

कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले रुपन्देहीको कालिकानगरस्थित दियालो फुडल्याण्डमा मध्यान्ह साढे १२ बजेदेखि सभा बस्ने निर्णय गरेको हो । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन । सभाभा गत दुई आव ०७८/८० र ०८०/८१ को वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुंगो लाग्नेछ ।

त्यसैगरी ७ जना सञ्चालकको निर्वाचन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ । सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको आधारमा पुस १६ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime