Skip to content
Prabhu

नेपाल टेलिकमले करसहित ३० प्रतिशत सेयरधनीलाई नगद लाभांश वितरण गर्ने

nabil

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले गत वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई करसहित ३० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

यस कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैंठकले लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृति भएपछि साधारणसभामा पेस हुनेछ । उक्त सभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण हुनेछ । कम्पनीले गएको वर्ष ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

global
अर्घाखाँची सिमेन्ट

कम्पनीले प्रस्तावित लाभांश पारित गर्न पुस २८ गते आइतबार, राष्ट्रिय सभा गृह काठमाडौंमा १७औं वार्षिक साधारणसभा बोलाएको छ ।सो सभा बिहान १० बजे सुरु हुनेछ ।

सो साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गतेदेखि पुस २८ गतेसम्म बुकक्लोज गर्ने जनाएको छ । यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

उक्त साधारण सभाले लाभांशका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal