Skip to content
Prabhu

कालिका लघुवित्तले बोलायो लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते साधारणसभा

nabil

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते साधारणसभा बोलाएको छ ।

उक्त संस्थाको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते होटल टारन्फ इन्टरनेसनलको सभाहल, पोखरा–१०, कास्कीमा बस्ने निर्णय गरेको हो ।

सो सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम संस्थाको आव ०८०/८१ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ०.५० प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर) र ९.५० प्रतिशत बोनस सेयर गरी जम्मा १० प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने संस्थाले जनाएको छ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने छ । सभा प्रयोजनका लागि पस १९ गते एक दिन सेयर दाखिला खारेज बन्द रहने छ। पुस १८ गतेसम्म नेप्से कारोबारमा सेयरधनीहरु मात्र सभामा भाग लिन पाउने संस्थाले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal