Skip to content

सेतीखोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौं । सेतीखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित यही पुस २८ गते आइतबार ९ औँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको कान्तिपथस्थित कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालयमा बिहान साढे ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो ।

सभाले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ । प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सञ्चालक समितिको गठन गर्ने विशेष प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T