Skip to content
Prabhu

लिवर्टी इनर्जीको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

nabil

काठमाडौं । लिवर्टी इनर्जी कम्पनीले मंसिर १६ गतेदेखि बिक्री गरिरहेको ५० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज पुस ७ गते अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद सेयर बिक्री गरिरहेको छ । हकप्रद बिक्री प्रयोजनका लागि कम्पनीले कात्तिक २१ गते बुक क्लोज गरेको थियो । यसको आधारमा कात्तिक २० गतेसम्म कायम शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् ।

यो सेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । आवेदनका बिक्री प्रबन्धकका साथै प्रभु बैंकको बेशिसहर र लमजुङ शाखा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको भोटेओडार र लमजुङ शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी र लमजु शाखा साथै धितोपत्र बोर्डबाट अनुमति पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट पनि आवेदन दिन सकिन्छ ।

हाल लिवर्टी इनर्जीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ छ । यो हकप्रद सेयर निष्कासनपछि चुक्ता पुँजी बढेर २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले हकप्रद बिक्रीबाट प्राप्त रकम माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको ऋण भुक्तानीका लागि ५५ करोड रुपैयाँ, आयोजना निर्माणका लागि भएको खर्चको बाँकी रकम भुक्तानीका लागि १५ करोड ३२ लाख र लोदोखोला साना जलविद्युत आयोजनामा ४ करोड २४ लाख रुपैयाँ लगानी गर्न प्रयोग गरिने बताएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal