काठमाडौं । शिवशंकर हाइड्रो इन्भेष्टमेन्टले साधारण सेयर जारी गर्ने भएको छ । त्यसका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।
यससम्बन्धी सम्झौतापत्रमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र शिव शंकर हाइड्रो इन्भेष्टमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेका छन् ।
उक्त हाइड्रो इन्भेष्टमेन्टले १ सय अंकित दरका २५ लाख कित्ताले हुन आउने २५ करोड रुपैयाँ रकमबराबरको साधारण सेयर निष्कासन गर्न लागेको हो ।
शिव शंकर हाइड्रो इन्भेष्टमेन्ट लिमिटेडले साधारण सेयर निष्कासनपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब पाँच करोड पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्