Skip to content

सडक सुरक्षा तथा यातायात व्यवस्थापनमा उच्चस्तरीय प्रविधिको उपयोग गर्नुपर्ने

nabil
global ime

काठमाडौं । सडक सुरक्षा तथा यातायात व्यवस्थापनमा उच्चस्तरीय प्रविधिको उपयोग गर्नुपर्नेमा विज्ञहरुले सुझाव दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका वैज्ञानिकसँग भएको छलफलमा उनीहरुले प्रविधिको उपयोगबाट यातायात व्यवस्थापनका साथै सडक सुरक्षा सहज बनाउन सकिनेमा जोड दिए ।

त्यस अवसरमा मन्त्री देवेन्द्र दाहालले सडक निर्माण मात्र नभइ सुरक्षाको विषयसमेत महत्वपूर्ण भएकाले मन्त्रालयले त्यसतर्फ पनि ध्यान दिएको बताए । विभिन्न निकाय तथा विज्ञहरुसँग आवश्यक समन्वय गरी सडक सुरक्षालाई प्रभावकारी बनाउन र सेवाग्राहीलाई सुरक्षित तथा सरल सेवा प्रवाह गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए ।

मन्त्री दाहालले सडक सुरक्षा, व्यवस्थान तथा सेवा प्रवाहलाई सरल पार्ने विषयमा कानुनी तथा नीतिगत जटिलता भएमा त्यस्ता व्यवस्था सरल पार्न मन्त्रालय तत्पर रहेकोसमेत बताए।

छलफलमा प्रतिष्ठानका सचिव डा रवीन्द्रप्रसाद ढकालले विभिन्न राष्ट्रका विश्वविद्यालय एवं प्राज्ञिक निकायसँग सहकार्य गरी सडक सुरक्षा तथा यातायात व्यवस्थापनका क्षेत्रमा कार्य गर्न प्रतिष्ठान अग्रसर रहेको बताए । प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक सुरेशकुमार ढुङ्गेल, ईश्वर बज्राचार्य, प्राविधिक अधिकृत हरिराम श्रेष्ठलगायत मन्त्रालयकै प्राविधिकसहित मन्त्री दहालले सडक सुरक्षा तथा यातायात व्यवस्थापनमा प्रविधिको उपयोगबारे छलफल गरेका हुन् ।

त्यस क्रममा विज्ञहरुले अन्तर्राष्ट्रिय निकाय, विश्वविद्यालय तथा सोही प्रकारका अन्य प्रतिष्ठानसँग सहकार्य गर्दा आवश्यक पर्ने नीतिगत एवं कानुनी व्यवस्था सरल बनाई दिन आग्रह गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima