Skip to content
Prabhu

सुशासन कायम गर्नका लागि भ्रष्टाचार निवारण अध्ययन आवश्यक

nabil

काठमाडौं । भ्रष्टाचार निर्वारणका लागि भ्रष्टाचार निवारण अध्ययन आवश्य रहेको बताइएको छ । सार्वजनिक नीति, सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन स्नातकोत्तर कार्यक्रमको विषयमा आयोजित पत्रकार सम्मेलनमा भ्रष्टाचार रोक्नका लागि यो विषयको अध्ययन आवश्यक रहेको बताइएको हो ।

२०२१ देखि नेपालमा अध्ययन गर्न थालिएको र पहिलो ब्याज उत्तीर्ण भइसकेको यो विषयको अध्ययनले भ्रष्टाचारलाई कम गर्नमा सहयोग पुग्ने कार्यक्रममा संयोजक डा.दीपकबहादुर अधिकारीले जानकारी दिए । समाजमा नैतिकताको कमीले गर्दा पनि भ्रष्टाचार बढेको भन्दै त्यसलाई कम गर्नका लागि यो विषय आवश्यक रहेको उनको भनाइ छ । ‘हामीले अहिले यो स्नातकोतर तहमा अध्ययन गराइरहेका छौं । यसलाई विद्यालय तहसम्म पुर्याउने लक्ष्य लिइएका छौँ,’ उनले भने, ‘यो पहिलेको नीतिक शिक्षा जस्तै गरी विद्यालयमा पु¥याउनु पर्ने आवश्यकता छ ।’

देशव्यापी रूपमा लैजान सकियो भने भ्रष्टाचार निवारणमा सहयोग पुग्ने उनको भनाइ थियो । त्यस्तै त्रिभुवन विश्वविद्यालयका प्रा.डा ताराप्रसाद भुसालले यो विषयलाई विस्तार गरेर तल्लो तहसम्म पुर्याउनुपर्ने आवश्यकता रहेको बताए । जुनसुकै विषयमा स्नातक गरेकाले अध्ययन गर्ने पाउने भन्दै भ्रष्टाचार किन हुन्छ भनेर जान्नका लागि पनि यो विषयको अध्ययन आवश्य रहेको उनको भनाइ थियो ।

यो विषयमा हालसम्म एक ब्याजका ४५ जना विद्यार्थीले अन्तिम वर्षको परीक्षा दिएको र अन्यले अध्ययन गरिरहेको संयोजक अधिकारीले जानकारी दिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal