Skip to content

सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएसँगै रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने

nabil bank

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको सांसद पद सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएसँगै स्वतः निलम्बनमा पर्ने भएको छ ।

अभियुक्त लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार बिगो कायम गर्न माग गर्दै कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

आइतबार मुद्दा दायर भएसँगै उनको पद स्वतः निलम्बनमा परेको हो । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनमा भएको व्यवस्थाअनुसार लामिछानेको सांसद पद स्वतः निलम्बनमा परेको जानकारी गराए ।

‘उनको सांसद पद स्वतः निलम्बनमा रहन्छ,’ उनले भने, ‘सम्पत्ति शुद्धीकरणको दफा २७ मा भएको व्यवस्थाअनुसार स्वतः निलम्बन हुनेछ ।’

उक्त दफामा ‘प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिने’ उल्लेख छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi