Skip to content

जलेश्वर उद्योग वाणिज्य संघको अध्यक्षमा चौधरी निर्वाचित

nabil bank

जलेश्वर । जलेश्वर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा शिवचन्द्र चौधरी निर्वाचित भएका छन् । आज साँझ सम्पन्न संघको मतगणना परिणामअनुसार उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी सन्तोष साहलाई ६२ मतले पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृत विजय ठाकुरले कुल आठ सय ६५ मतदाता रहेको संघको निर्वाचनमा सात सय ९९ जनाले मतदान गरेका जानकारी दिए । अध्यक्ष पदमा निर्वाचित चौधरीले चार सय २१ मत प्राप्त गरी विजयी हुनुभएको छभने उनका प्रतिद्वन्द्वी साहले तीन सय ५९ मत प्राप्त गरे ।

त्यसैगरी, संघको उपाध्यक्ष पदमा चार सय ७० मत प्राप्त गरी रामएकवाल साह, महासचिवमा तीन सय २१ म्तसहित राजुकुमार पूर्वे, कोषाध्यक्षमा तीन सय मत ल्याएर नारायण गुप्ता र सचिवमा तीन सय १९ मत प्राप्त गरी चन्दन साह विजयी भएका छन् ।

संघको सम्पन्न निर्वाचनमा सदस्य पदहरूमा क्रमशः रमणकुमार चौधरीले चार सय ५७, सञ्जयकुमार गुप्ताले चार सय २३, अनिलकुमार साहले तीन सय ९६, मुकेशकुमार साहले तीन सय ७६, मणिभूषण ठाकुरले तीन सय ७५, ओमप्रकाश साहले तीन सय १८, रोशन महासेठले तीन सय ९६, रुपेशकुमार साहले तीन सय ३९, सरोजकुमार साहले तीन सय २८ र महिला सदस्यमा कमलादेवी कोइरालाले तीन सय ३३ मत प्राप्त गरी हुनुभयो ।

जलेश्वर उद्योग वाणिज्य संघको निर्वाचन शनिबार भएको थियो भन्ने आज अबेर साँझ मतगणना परिणाम आएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime