काठमाडौं । कालीका पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई चुक्ता पुँजीको आधारमा ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत) दिने निर्णय गरेको हो ।
घोषित लाभांश पारित गर्न कम्पनीले पुस २९ गते सत्रौं वार्षिक साधारणसभा बोलाएको छ । सभा चितवनको दियालो फुडल्याण्डमा बिहान ११ बजेदेखि शुरू हुनेछ । सभा तथा लाभांश वितरणका लागि कम्पनीले पुस १९ गते शुक्रबार बुक क्लोज गर्ने जनाएको छ । यसर्थ पुस १८ गतेसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्