काठमाडौं । हिमालय डिस्टिलरी लिमिटेडले २० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि चुक्ता पुँजीको २० प्रतिशतका दरले हुन आउने ५३ करोड ४५ लाख ४ हजार ६ सय ६३ रुपैयाँ बराबर लाभांश घोषणा गरेको हो ।
कम्पनीका अनुसार चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने १३ करोड ३६ लाख २६ हजार १ सय ६५ बराबर नगद लाभांश र १५ प्रतिशतले हुन आउने ४० करोड ८ लाख ७८ हजार ४ सय ९७ बराबर बोनस सेयर वितरण हुने छ । यस्तै, कम्पनीले चुक्ता पुँजी २ अर्ब ६७ करोड २५ लाख २३ हजार ३ सय १५ बढाएर ३ अर्ब ७ करोड ३४ लाख १ हजार ८ सय १२ रुपैयाँ पु¥याउने निर्णय पनि भएको छ ।
प्रतिक्रिया दिनुहोस्