Skip to content

सहकारी ठगी आरोपमा वडा अध्यक्ष पक्राउ

काठमाडौं । सहकारी ठगी आरोपमा काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ का वडा अध्यक्ष नुच्छेबहादुर महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T