Skip to content

सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट

nabil bank

काठमाडौं । मंगलबारको सेयर कारोबार खुल्ने वित्तिकै सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार खुलेको सुरुको ५ मिनेटमा नै यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

कम्पनीको सेयर मूल्य ४०२ रुपैयाँ ६० पैसाले घटेर ३ हजार ६२३ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । कुनै पनि कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि वा गिरावट आएको खण्डमा सर्किट लागेर बन्द हुन्छ ।

यो अवस्थामा समग्र सेयर बजार परिसूचक ५ दशमलव ५४ अंकले बढेर २६१७ दशमलव ७५ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा १९ करोड बढीको कारोबरा भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime