Skip to content

निर्धन संस्थाद्वारा महजिदिया, रुपन्देहीमा बेमौसमी तरकारी खेती तालिम प्रदान

nabil bank

काठमाडौं । निर्धन संस्थाको आयोजनामा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको संयोजकत्वमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था रुपन्देही जिल्लाको महजिदिया शाखा अन्र्गतका ३० जना ग्राहक सदस्यहरुको सहभागितामा २०८१ पौष ८ गते देखि १० गते सम्म ‘उन्नत बेमौसमी तरकारी खेती तालिम’ दिन लागिएको छ ।

तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी सांस्कृतिक नपा१० उपमेयर कल्पना हरिजन र विशष्ट अतिथि निर्धन संस्थाका उपाध्यक्ष जनार्दन देव पन्तले गरे । प्रमुख अतिथि कल्पना हरिजनज्यू आफू पनि निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाको महजिदिया शाखाको ग्राहक सदस्य रहेको बताए ।

कार्यक्रममा उनले यस संस्थाको मुख्य उद्देश्य समुदायमा गरिबीको रेखामुनि रहेका व्यक्तिहरुको आर्थिक अवस्था सुधार्नु रहेको छ भने । सोका लागि यस संस्थाले ग्राहकको आवश्यकता अनुसार तालिम तथा विना धितो ऋण प्रदान गरी व्यवसायी बन्न उत्प्रेरित गर्दै आएको छ ।

उनले यस क्षेत्र तरकारी खेतीको लागि उपयुक्त क्षेत्र भएकोले यहाँका किसानहरुले मौसमी तरकारी खेती गर्दैं आएकोमा उन्नत बैमौसमी तरकारी खेती गर्नका लागि सीप प्रदान गरी उत्प्रेरित गर्ने उद्देश्यले संस्थाले ३ दिने बेमौसमी तरकारी खेतीसम्बन्धी तालिम प्रदान गर्न लागेकोमा संस्था प्रति आभार ब्यक्त गरे ।

उनले यस तालिममा सहभागी सदस्यहरुलाई संस्थाद्धारा प्रदान गर्न लागेको उन्नत बेमौसमी तरकारी खेती सम्बन्धी तालिम लिई सिप बढाएर उत्पादक क्षेत्रमा लगानी गरी आफ्नो व्यवसाय वृद्धि गर्दै आर्थिक अवस्था माथि उकास्नुका साथै आफ्नो जिविकोपार्जनमा समेत सुधार गरी सक्षम हुन सल्लाह दिए ।

त्यसैगरी कार्यक्रमका विशष्ट अतिथि जनार्दन देव पन्तले तालिममा उपस्थित सहभागीहरुलाई आजको आवश्यकता भनेको उद्यमीको क्षमता र संभावना अनुसार उचित सीप, स्रोत, साधन र बजारको पहुँच पु¥याउनु नै महत्वपूर्ण कुरा हो । आज सुरु गरेको सानो स्तरको व्यवसाय भोली बृहत स्तरको रोजगारीको सिर्जना गर्न सक्ने उद्योग बन्न सक्छ ।

पन्तले कार्यक्रममा हाम्रा मेरुदण्डका रुपमा रहका सदस्यहरुलाई स्वरोजगार बनाउने मात्र नभई उनीहरुको क्षमताअनुसार आवश्यक सीप, स्रोत र बजारको पहुँच पु¥याई उत्पादनमा प्रति इकाइ लागत कम गरी उत्पादकत्व बढाउदैं बृहत स्तरको व्यवसायी/उद्यमी बनाउने उद्देश्यअनुरूप उन्मुख भई उनीहरुलाई आवश्यकताअनुसार सीप विकास, उद्यमशिलता बिकास तालिमहरु प्रदान गरिरहेका छौं भने ।

सहभागीहरुको तर्फबाट संगीता थारुले कार्यक्रमको सभापतित्व गरे । तालिमको उद्घाटन समारोहमा निर्धन उत्थान लवि संस्था लिको महजिदिया शाखाका शाखा प्रमुख रामकिशोर चौधरीले स्वागत मन्तव्य राखेका थिए । त्यसैगरी निर्धन उत्थान लविसका क्षेत्रीय प्रबन्धक आनन्दकुमार गौतमले आफ्नो मन्तव्य राख्नु भयो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime