Skip to content

सुन प्रतितोला ७ सय रुपैयाँले बढ्यो , कतिमा हुँदै छ कारोबार ?

 

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार रुपैयाँ पुगेको थियो, जुन हालसम्म कै उच्च हो।

आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ। सोमबार बजारमा चाँदी प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T