Skip to content

आजदेखि साना किसान विकास लघुवित्तको २ लाख ११ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको २ लाख ११ हजार ४ सय ७५ कित्ता सेयर लिलाम संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ । 

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३ सय ३० रुपैयाँ रहेको छ । सेयर खरिदका लागि न्यूनतम १ हजार कित्ता र अधिकतममा ४ हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछन् ।

साथै, सेयर खरिद गर्ने इच्छुक साना किसान सहकारी संस्था वा अन्य विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी  चैत २१ गतेदेखि वैशाख २५ गतेसम्ममा कम्पनीको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल–काठमाडौं वा संस्थाका शाखा कार्यालयहरु बिर्तामोड, इटहरी, बर्दिबास, हेटौंडा, गजुरी, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, बबरमहल, लहान वा अत्तरियामा आवेदन पेस गर्ने सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima