Skip to content

शिवम्ले बेच्यो १३ करोड ३१ लाख बोरा सिमेन्ट, सर्वाधिक ओपिसी सिमेन्ट बिक्रेता बन्न सफल

काठमाडौं । शिवम् सिमेन्टले १३ करोड ३१ लाख बोरा सिमेन्ट बेचेको छ। सो परिमाणको सिमेन्ट बिक्री गरी शिवम् सिमेन्ट एनएस क्वालिटी अवार्ड २०१९ प्रथमबाट सम्मानित नेपालकै पहिलो सिमेन्ट कम्पनी पनि हो ।सो कम्पनीले ४३ र ५३ ग्रेडमा ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

नयाँ वर्ष २०८१ का अवसरमा कम्पनीले उप भोक्तावर्ग, विक्रेतावर्ग, सेयरधनी महानुभावहरु, नियामक निकाय तथा शुभचिन्तकहरुमा शुभकामना सन्देश जारी गर्दै कम्पनीको प्रगति र सफलताको हरेक कदममा पाएको अटुट साथ, सहयोग र भरोसाका निम्ति कृतज्ञता ज्ञापन गरेको छ । साथै आगामी दिनमा निरन्तर गुणस्तरीय उत्पादन मार्फत यस सम्बन्धलाई थप उचाइतर्फ लैजाने प्रतिबद्धतासमेत कम्पनीले जनाएको छ ।

सन् २००३ मा मध्य नेपालको हेटौंडा, मकवानपुरमा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय उच्च गुणस्तरीय चुनढुङ्गाको प्रयोग गरी दैनिक ३००० टन ओपिसि सिमेन्ट उत्पादन गर्दै आएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T