Skip to content

हाइलाइफ फुड्सले आईपीओ जारी गर्ने

काठमाडौं । हाइलाइफ एग्रो एण्ड फुड्स इन्डष्ट्रिज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको हो ।

कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले ९ औँ वार्षिक साधारणसभा यही पुस २८ गतेका लागि बोलाएको हो । सभा पुस २८ गते आइतबार होटल लेमन ट्री प्रिमियर बूढानीलकण्ठमा दिउँसो ४ बजेदेखि शुरु हुनेछ । सभामा धितोपत्रको प्रारम्भीक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रस्ताव पेश हुनेछ । त्यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाहलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

त्यस्तै चालू आवका लागि लेखापरीक्षकका नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सेयरको अंकित मूल्य संशोधन गर्ने, प्रबन्धपत्रसहितको अधिकृत पुँजी तथा जारी पुँजी वृद्धि गर्ने सञ्चालक नियुक्तिको एजेन्डा पनि सभाले अनुमोदन गर्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life