Skip to content

पर्सामा १६० किलो गाँजा र ट्रकसहित दुई जना पक्राउ

वीरगन्ज । पर्सामा १६० किलो गाँजा र ट्रकसहित दुई जना पक्राउ परेका छन्। आइतबार वीरगन्ज महानगरपालिका–१८ भवानीपुर सीताराम चोकबाट प्रहरीले ट्रक र १६० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालले जानकारी दिए।

मकवानपुर हेटौंडा उपमहानगर–७ कमाने बस्ने ४४ वर्षीय कृष्ण घलान र चितवनका २० वर्षीय रोनाल विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरू ना.३ ख ४२१२ नम्बरको ट्रकमा परवानीपुरबाट ड्राइपोर्ट जाँदै थिए। प्रहरीको विशेष टोलीले जाँच गर्दा १६ वटा १० किलोका पोका बरामद भएका थिए। त्यसभित्र गाँजा रहेको खुलेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T