Skip to content
Prabhu

सुर्खेतमा ‘मानव स्मारक’ बनाउन महायज्ञबाट ९ करोड ७६ लाख संकलन

कर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘मानव स्मारक’ बनाउन ९ करोड ७६ लाख ९२ हजार आठ सय ४३ रुपैयाँ संकलन भएको छ । यही मङ्सिर २१–२८ गतेसम्म वीरेन्द्रनगरमा सञ्चालन भएको श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञबाट उक्त रकम संकलन भएको हो ।

महायज्ञ सञ्चालन मूल आयोजक समितिले आज पत्रकार सम्मेलनमार्फत सप्ताहबाट संकलित रकम सार्वजनिक गर्दै सो रकमबाट मानव सेवा आश्रमको कर्णाली प्रदेशस्तरीय भवन अर्थात् ‘मानव स्मारक’ निर्माण गर्ने जनाएको छ । मूल आयोजक समितिका संयोजक डा नवराज केसीले ५ करोडको लक्ष्य राखिएकोमा करिब दोब्बरले दान संकलन भएको बताए । ‘महायज्ञमा एकदेखि एक करोडसम्म रकम दान गरे छ,’ संयोजक केसीले भने, ‘यसमा हामीले समुदायलाई जोडेका छौँ ।’

अर्घाखाँची सिमेन्ट
Hyundai

महायज्ञबाट १ करोड ९७ लाख ६६ हजार ६५ नगद रुपैयाँ, एक करोड ३३ लाख २७ हजार छ सय एक क्युआर तथा ‘अनलाइन’ माध्यमबाट प्राप्त भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष टीकाराम चपाइले जानकारी दिए । ३७ लाख ८८ हजार नौ सय २१ रकम रुपैयाँ बराबरको चेक प्राप्त भएको र ५ करोड चार लाख १६ हजार ३२ रुपैयाँ स्थानीय तह र विभिन्न सङ्घसंस्थाहरूले दिने प्रतिबद्धता गरेको उहाँले बताए । उनका अनुसार त्यसमा ५७ लाख ७९ हजार पाँच सय ८२ व्यक्तिगत प्रतिबद्धता भएको छ ।

महायज्ञ मूल आयोजक समितिका अनुसार कलश यात्रामा प्रयोग भएको कलश बिक्रीबाट ४२ लाख ७४ हजार आठ सय ८२ र दान पेटिकामा तीन लाख २६ हजार चार सय ५५ तथा किताब बिक्रीबाट १३ हजार तीन सय पाँच सङ्कलन भएको छ । ५० लाख ७४ हजार ८७ रुपैयाँ महायज्ञ सञ्चालनका क्रममा प्रचारप्रसार, यातायात, खाद्यान्न तथा भान्सा, विद्युत्, इन्धन, अतिथि सत्कार खर्च भएको छ ।

सङ्कलित रकमबाट वीरेन्द्रनगर नगरपालिका–११ स्थित गङ्गामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले प्रदान गरेका २९ बिघा जग्गामा मानव सेवा आश्रमको प्रदेशस्तरीय ‘मानव स्मारक’ भवन निर्माणको कार्य थालनी गरिने संयोजक केसीले बताउनुभयो । भवन निर्माणका लागि ९ देखि ११ करोड लागत लाग्ने अनुमान गरिएको उनको भनाइ छ ।

डा केसीका अनुसार सरकारको पुँजीले मात्र भवन निर्माण सम्भव नहुने भएकाले महायज्ञमार्फत समाज तथा समुदायबाट पुँजी संकलन गरिएको हो । अबको दुई÷तीन महिनामै भवन निर्माण कार्य अगाडि बढाउने तयारी भइरहेको छ । भवनमा सडक आश्रित मानवको उद्धारका लागि मात्र नभई मानव धर्म के हो ? भन्नेबारे बुझाउने मानवता अध्ययन केन्द्रको समेत स्थापना गरिनेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्