Skip to content

हुग्दीशिरबाट गुल्मीको शान्तिपुर जोड्ने सडक १८ वर्षपछि कालोपत्रे गरिँदै

nabil bank

बागलुङ । बरेङ गाउँपालिका–२ हुग्दीशिरबाट गुल्मीको शान्तिपुर जोड्ने सडक ‘ट्रयाक’ खुलेको १८ वर्षपछि कालोपत्रे गर्न थालिएको छ ।

सडक कालोपत्रे गर्न ८१ लाख ८५ हजार एक सय ९८ रुपैयाँमा सम्झौता भएर काम थालिएको हो । आगामी वैशाख १५ गतेसम्ममा काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको छ ।

बरेङका अध्यक्ष कृष्णप्रसाद शर्माले पूरै सडक कालोपत्रे गर्न गाउँपालिकाको स्रोत र साधानले नभ्याउने भएकाले केन्द्र र प्रदेश सरकारसँग सहकार्य गरेर चरणबद्ध रूपमा काम गर्ने बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime