Skip to content

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

nabil bank

काठमाडौं । आज तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज गरिमा विकास बैंक, बुटवल पावर कम्पनी र नेपाल दूरसञ्चार कम्पनी (एनटीसी) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।

यी कम्पनीले (भोलि) पुस १८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनीले मात्रै लाभांश प्राप्त गर्नेछन् । गरिमा विकास बैंकले चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारितका लागि पुस २९ गते सोमबार होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरा, कास्कीमा बिहान साढे १० बजेदेखि साधारणसभा बस्नेछ ।

त्यस्तै बुटवल पावर कम्पनीले पनि चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ । घोषित लाभांश पारितका लागि कम्पनीले पुस २८ गते आइतबार कार्की ब्याङ्क्वेट, बबरमहल काठमाडौंमा बिहान ११ बजेदेखि साधारणसभा बोलाएको छ । त्यसैगरी एनटीसीले आफ्ना सेयरधनीलाई प्रतिसेयर ३० रुपैयाँ नगद लाभांश (कर समेत) वितरणको निर्णय गरेको छ । यो निर्णय पारित गर्न यही पुस २८ गते आइतबार राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग काठमाडौंमा बिहान १० बजेदेखि सभा बस्दैछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi