Skip to content

राधी विद्युत कम्पनीको साधारणसभा स्थगित

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको पुस १८ गते बस्ने भनि बोलाइएको वार्षिक साधारणसभा स्थगित भएको छ। वार्षिक साधारणसभा कम्पनी ऐन २०६३ तथा कम्पनीको नियमावली बमोजिको गणपूरक संख्या नपुगेको कारण सभा सञ्चालन हुन नसकेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण लगायतका प्रस्तावहरू पारितका लागि ललितपुरस्थित दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यूमा सभा बोलाएको थियो ।

यो सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ४ गते बुक क्लोज गरिसकेको छ । अब कम्पनीको सञ्चालक समितिको बैठक बसी पुनः सभा आह्वान गर्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi