Skip to content

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा रोजगारीको अवसर

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले पोखरास्थित कार्यालयको बजार शाखाका लागि १ जना अधिकृत स्तर र १ जना सहायक स्तर तथा डडेलधुरा स्थित कार्यालयका लागि १ जना सहायक स्तरका लागि गरी जम्मा ३ जना कर्मचारी माग गरेको हो ।

अधिकृत स्तरका लागि उम्मेदवारको उमेर २१ देखि ३५ वर्षभित्र र सहायक स्तरका लागि १८ देखि ३५ वर्षभित्र हुनुपर्नेछ । अधिकृत स्तरमा स्नातक वा सोभन्दा माथिको शैक्षिक योग्यता तथा सहायक स्तरका लागि कक्षा १२ उत्तीर्ण भएको हुनुपर्नेछ ।

अधिकृतका लागि निर्जीवन बीमा क्षेत्रमा कम्तीमा दुई वर्ष काम गरेको हुनुपर्नेछ भने सहायकका लागि निर्जीवन बीमा क्षेत्रमा काम गरेकाले प्राथमिकता पाउनेछन्। योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजात संलग्न गरी कम्पनीको इमेल ठेगानामार्फत १५ दिनभित्र आवेदन दिनु पर्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T