Skip to content

‘वर्तमान सरकारको पहिलो ‘एजेन्डा’ संविधानमा सुधार’

nabil bank

झापा । नेपाली कांग्रेस कोशी प्रदेशका सभापति एवं पूर्वमुख्यमन्त्री उद्धव थापाले वर्तमान सरकारको पहिलो ‘एजेन्डा’ संविधानमा सुधार रहेको बताएका छन् । पार्टीको सयदिने विशेष साङ्गठनिक अभियानअन्तर्गत आज झापा क्षेत्र नं ५ ले यहाँ आयोजना गरेको कार्यक्रममा उनले समानुपातिक व्यवस्थाको मर्म नमर्ने गरी राजनीतिक स्थायित्वका सवाल संविधान संशोधनको मुद्दा बन्ने बताएका हुन् ।

सभापति थापाले राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेसले निर्वाह गरिरहेको अभिभावकीय भूमिकालाई थप सशक्त बनाउन हाल सञ्चालित अभियानले थप योगदान दिने बताए । कोशी प्रदेशले यही पुस २४ गतेदेखि कचनकवलबाट सोलुखुम्बुस्थित सगरमाथाको फेदीसम्म सञ्चालन गर्ने पदयात्राले तराईदेखि हिमालसम्मका नागरिकहरुलाई पार्टीमा जोड्न र नयाँ ऊर्जा भर्ने विश्वास व्यक्त गरे । ‘पार्टीले सुरु गरेको यस अभियानका क्रममा चौध जिल्लाको साङ्गठनिक अवस्था, जनप्रतिनिधिको भूमिका, कांग्रेस सरकारमा रहँदा ल्याइएका गौरवका योजना, पार्टीका अग्रज एवं सहिद परिवारको राजनीतिक योगदान र पारिवारिक अवस्थालगायत विषयमा अन्तरक्रिया हुने भएकाले पनि यसले पार्टीमा ऊर्जा थप्नेछ’, उनले भने, ‘यो अभियान सात महिनापछि सगरमाथाको कालापत्थरमा जलवायु परिवर्तनसम्बन्धी विभिन्न सात राष्ट्रका विज्ञहरू राखेर छलफल गरेर समापन हुनेछ ।’

क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीको सभापतित्वमा आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बू, पूर्वआमन्त्रित केन्द्रीय सदस्य दिलीप राई, झापाका पार्टी सभापति देउकुमार थेवे, उपसभापति केशव पाण्डेलगायतले सम्बोधन गरेका थिए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi