Skip to content

धोबीखोलाको पुलबाट खस्यो कार

काठमाडौं । काठमाडौंको धोबीखोलामा आइतबार बिहान काठमाडौं महानगरपालिका–२१ स्थित मदन भण्डारी कलेजनजिक बिएए ८७१४ नम्बरको कार पुलबाट खोलामा खसेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

कार अनामनगरबाट बानेश्वर जाँदै थियो। कार ललितपुर महानगरपालिका–१ का ४६ वर्षीय विनोदविक्रम सिजापतिले चलाएका थिए। उनी सकुशल रहेको एसपी अधिकारीले जानकारी दिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T