Skip to content
Prabhu

एनसेलको रिचार्ज भ्यालिडिटीः उपभोक्तालाई फाइदै फाइदा, प्याक लिँदा ८० गुणा सस्तो 

nabil
काठमाडौँ । निजी क्षेत्रको अग्रणी टेलिकम सेवाप्रदायक कम्पनी एनसेलले हालै रिचार्ज भ्यालिडिटीमा नयाँ अफर ल्याएको छ । उपभोक्ताले सस्तो शूल्कमा गुणस्तरीय सेवा उपभोग गरुन भन्ने उद्देश्यले यस्तो रिचार्ज भ्यालिडिटीको समय कम गरी नयाँ सुविधा उपलब्ध गराइएको एनसेलको भनाइ छ ।
सामान्यतयाः उपभोक्ताले रिचार्ज गर्दा भ्याटिडिटीको समय कम थपिँदा आफूलाई घाटा लागेको महसुस गर्न सक्छन् तर यो अफरअन्तर्गत  उपभोक्ताले  सस्तोमा प्याक प्रयोग गर्ने सुविधा प्राप्त गर्न पाउनेछन् ।
एनसेलका अनुसार ब्यालेस राखेर बिना कुनै प्याक प्रयोगकर्ता अर्थात पे एज यू गो अन्तर्गत सेवा उपभोग गर्दा उपभोक्तालाई महंगो पर्न जान्छ ।  त्यसैले भ्यालिडिटी घटाएर एनसेलले ग्राहकलाई सस्तोमा थप सुविधा दिन खोजेको देखिन्छ ।
उदाहरणका लागि यसअघि ५० रुपैयाँदेखि ९९ रुपैयाँसम्म रिचार्ज गर्दा ३० दिनको भ्यालिडिटी हुन्थ्यो । अहिले त्यसलाई घटाएर सात दिनको भ्यालिडिटी बनाएको छ । साथै १०० रुपैयाँदेखि १९९.९९ रुपैयाँसम्मको रिचार्जमा १४ दिन, २०० देखि २९९.९९ रुपैयाँसम्मको रिचार्जमा २८ दिन, तीन सयदेखि चार सय ९९.९९ रुपैयाँसम्मको रिचार्जमा ३५ दिन र पाँच सयदेखि नौ सय ९९.९९ को रिचार्जमा ५० दिन भ्यालिडिटी प्राप्त हुन्छ । साथै एक हजार रुपैयाँदेखि बढीको रिचार्जमा ९० दिनको भ्यालिडिटी प्राप्त हुन्छ । यसअघि एक हजार रुपैयाँभन्दा बढीको रिचार्ज गर्दा सात सय ३० दिनको हुन्थ्यो ।

प्याकमा आधारित सेवा

भ्यालिडिटीसम्बन्धी नयाँ नियम प्याकमा आधारित सेवा खरिदका लागि प्रोत्साहित गर्ने एनसेलको योजना छ । किनभने ब्यालेन्स राखेर प्याक बिना सेवा चलाउँदा निकै महंगो पर्न जान्छ । एनसेलका अनुसार प्याकमा आधारित सेवा पे एज यू गोको तुलनामा सात गुणा सस्तो पर्छ ।
अर्थात् यदि तपाईंले पे एज यू गोमार्फत एक मिनेट कल गर्दा दुई रुपैयाँ ०५ पैसा खर्च हुन्छ भने प्याक लिँदा एक मिनेट फोन गरेको जम्मा तीन पैसा मात्रै खर्च हुन्छ । त्यसैगरी डाटाको हकमा ८० गुणा सस्तो पर्छ । जस्तै पे एज यू गोमार्फत डाटा खपत गर्दा एक एमबीका लागि एक रुपैयाँ २७ पैसा  खर्च हुन्छ भने प्याक दिँदा प्रति एमबी ०.०१६ रुपैयाँ मात्रै खर्च गरे पुग्छ । अर्थात एक पैसाभन्दा पनि निकै कम खर्च गरे पुग्छ ।
एनसेलले हाल १, ३, ७ र २८  दिन अवधि भएका भ्वाइस, डाटा वा दुवै सेवा उपलब्ध गराइरहेको छ । यसले ग्राहकलाई ब्यालेन्स सकिन्छ कि भन्ने चिन्ता लिनु नपर्ने बताउँछन् ।
उदाहरणका लागि रु ५० को रिचार्जमा ग्राहकले रु ३० को अनलिमिटेड भ्वाइस प्याक वा रु ५० को अनलिमिटेड डाटा प्याक लिन सक्छन् । यसका साथै यदि भ्यालिडिटीभित्र ब्यालेन्स खभत गर्न सकिएन भने त्यस्तो ब्यालेन्स क्यारी ओभर हुन्छ अर्थात् अर्को पटक रिचार्ज गर्दा जम्मा हुन्छ ।
एनसेलले हाल सधै अन सेवामा सरल प्याकेज पनि ल्याएको छ । यसमा भ्वाइस र डाटा सेवा पनि समावेश छन् । हाल २० लाखभन्दा बढी ग्राहकले सधै अन प्याक प्रयोग गर्छन् । उक्त प्याकमा डेटा र भ्वाइस साटासाट पनि गर्न सकिन्छ । उदाहरणका लागि ग्राहकले ५० मिनेट भ्वाइसलाई १२५० एमबी डेटासँग साट्न सक्छन् । त्यसैगरी एक जिबी डेटालाई ४१ मिनेट भ्वाइसमा रुपान्तरण  पनि गर्न सक्छन् । उपभोक्ताले यदि एनसेल एपमार्फत टप अप गर्छन भने भ्यालिडिटी थपिने सुविधा पनि रहेको एनसेलले जनाएको छ ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal