काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको २१ हजार १३३ कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १८० रुपैयाँ तोकिएको छ । खरिदकर्ताले आवेदन दिँदा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिनु पर्नेछ । आवेदन आज पुस २२ गतेदेखि पुस २९ गते दिउँसो २ बजेभित्र पेश गरिसक्नु पर्नेछ । खरिदकर्ताले प्रतिस्पर्धात्मक रूपमा रकम उल्लेख गरी बिक्री पबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा आवेदन बुझाउनु पर्नेछ ।
साथै तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्