Skip to content
Prabhu

सुनको मूल्य प्रतितोला १७ सयले बढेर नयाँ रेकर्ड, आज कतिमा कारोबार हुँदै छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार १ हजार ७ सय रुपैयाँ बढेर हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

आज तेजाबी सुन भने प्रतितोला १ लाख ३८ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ५० रुपैयाँ पुगेको छ। अघिल्लो दिन प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रति‍औंस २३ सय ८७ अमेरिकी डलर पुगेको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal