काठमाडौं । ग्लोकल प्रालिअन्तर्गतको संस्था ग्लोकल आफ्टर स्कूलको स्किल वीकको छैटौं संस्करण सुरु भएको छ ।
पुस २२ देखि पुस २९ सम्म सञ्चालन हुने यो सप्ताहव्यापी कार्यक्रमले शैक्षिक क्षेत्र र उद्योगबीचको दुरी घटाउँदै विभिन्न कार्यशाला, प्रतियोगिता, र नेटवर्किङका अवसरमार्फत युवाहरूको रोजगार क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।
पहिलेका संस्करणहरूको सफलतामा आधारित स्किल वीक २०२५ विज्ञान र प्रविधि, कला र संस्कृति, पर्यटन र आतिथ्य सेवा, र उद्यमशीलता नामक चार प्रमुख क्षेत्रमा केन्द्रित छ । पुस २६ मा स्किल फेस्ट कार्यक्रम इम्बार्क कलेज, पुल्चोकमा आयोजना हुने भएको छ ।
‘स्किल फेस्ट – सीपको महोत्सव’ कार्यक्रम युवाहरूका लागि सिप परीक्षण र अन्वेषण गर्ने अवधारणालाई प्रबर्द्धन गर्ने उद्देश्यले आयोजित भइरहेको छ । यो कार्यक्रम युवाहरूका लागि खुला प्लेटफर्म हो, जहाँ उनीहरूले विभिन्न सीप, तिनको महत्व, र बजार सम्भावनाका बारेमा जान्न र सिक्न सक्छन् ।
स्किल फेस्टमा आकर्षक कार्यशाला, सीप प्रदर्शनी, प्रतियोगिता, रोचक खेलहरू, केस स्टडी प्रस्तुतिहरू, स्वादिष्ट खानाका परिकार, सङ्गीत, र सीपमा आधारित मनोरञ्जन कार्यक्रम, तथा रोजगारी मेला हुनेछ ।
बहुप्रतिक्षित सीईओ अनप्लग्ड फोरम सञ्चालन हुनेछ । यो फोरमले उद्यमी, व्यापारी, र विद्यार्थीहरूलाई वर्तमान व्यापार चुनौतीहरू र भविष्यका सम्भावनाहरूका बारेमा छलफल गर्न एकै स्थानमा ल्याउनेछ ।
कार्यक्रमको समापन समारोहमा स्किल हिरो अवाड्र्स प्रदान गरिनेछ, जसले कला र संस्कृति, पर्यटन र आतिथ्य सेवा, विज्ञान र प्रविधि, र उद्यमशीलता क्षेत्रमा असाधारण योगदान दिएका व्यक्तिहरूलाई सम्मान गर्नेछ ।
स्किल वीक २०२५ का लागि हामी उत्साहित छौं, जसलाई इम्पावर्ड बाइ पार्टनरको रुपमा इम्बार्क कलेजले समर्थन गरेको छ । कार्यक्रमलाई सभ्य र भव्य बनाउनका लागि यो कार्यक्रम विभिन्न संस्थाको साझेदारीमा हुन गइरहेको छ ।
सीएनआई र नेपाल चेम्बर अफ कमर्सले इन्डोर्स गरेको यो कार्यक्रममा नेपाल पर्यटन बोर्ड, युरोपियन युनियन, भारतीय दूतावास र अस्ट्रेलियन दूतावास रणनीतिक साझेदार रहेका छन् । होन्डा, कोका–कोला, डब्लूडब्लूएफ नेपाल, सीजी मोटर्स साझेदार रहेको यो कार्यक्रममा यूएनडीपी र यूके स्किल्स पार्टनरसिप प्राविधिक सहयोगीको रूपमा रहेका छन् भने होटल पार्टनर द सोल्टी काठमाडौं, इन्टरनेट पार्टनर वल्र्डलिंक, एयरलाइन्स पार्टनर यति एयरलाइन्स र आउटरीच पार्टनर एनएनक्यु छन् ।






प्रतिक्रिया दिनुहोस्