Skip to content

क्याम्पसमा संकाय थपका लागि आयोजना गरिएको महायज्ञबाट ४ करोड ३९ लाख संकलन

पाल्पा । जिल्लास्थित शहीद बहुमुखी क्याम्पसमा संकाय थप, सीपमूलक कक्षा सञ्चालन र छात्रावास निर्माणका निम्ति आयोजित श्रीमद्भागवत महापुराणमा रु चार करोड ३९ लाख संकलन भएको छ । क्याम्पस सञ्चालक समिति अध्यक्ष नेत्रप्रसाद भट्टराईका अनुसार रामपुर नगरपालिका–७ निवासी तेजकुमारी उपाध्यायले रु एक करोड मूल्य पर्ने जग्गा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् भने एक हजार ३२ मुरी धान पनि संकलन भएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसमा हाल शिक्षा र व्यवस्थापन सङ्कायमा कक्षा ११ देखि स्नातकोत्तरसम्म अध्यापन हुँदै आएको छ । समुदायस्तरबाट सञ्चालित यो क्याम्पसमा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुरका एक हजार एक सय विद्यार्थी अध्ययनरत छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T