काठमाडौं । पिपुल्स पावर लिमिटेडले आफ्नो ८ औँ वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले माघ २० गतेका लागि साधारणसभा बोलाउने निर्णय गरेको हो ।
सभा पारिजात पार्टी प्यालेस, जाल्पाचोक, काठमाडौंमा बिहान १० बजेदेखि बस्ने गरी बोलाइएको छ । सभाले गत आर्थिक वर्ष (आव) २०८०÷८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृतका लागि पेश गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले माघ ६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा माघ ३ गतेसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन् ।
ा






प्रतिक्रिया दिनुहोस्