Skip to content

राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

nabil
global ime
पृथ्वी जयन्तीका अवसरमा शनिबार सिंहदरवारको पश्चिमगेट अगाडी रहेको नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्दै राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिर : किरणराज बिष्ट /रासस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३०३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।

राष्ट्रपति पौडेलले आज बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका हुन् ।

प्रमुख प्रशासनिक भवन सिंहदरबारको पश्चिम मूलगेटमास्थित पृथ्वीनारायण शाहको सालिक रहेको स्थानमा आयोजित कार्यक्रममा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T