Skip to content

बाघको आक्रमणबाट बर्दियामा महिलाको मृत्यु

nabil bank

बर्दिया । बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार ठाकुरबाबा नगरपालिका–७ निवासी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको हो ।

ठाकुरबाबा नगरपालिका–६ को बकुवा सामुदायिक वनमा गोठालो गएका बेला उनलाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट उनको मृत्यु भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime