काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा सहकारी ठगी आरोपित रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौं जिल्ला अदालतमा बयान सकिएपनि थुनछेक बहस नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार पुनः अदालतमा पेश गर्नेगरी लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश जारी गरेका छन् । बहस नसकिउञ्जेल प्रहरीकै जिम्मामा रहेर लामिछाने अदालत उपस्थित हुनेछन् ।
काठमाडौं अदालतमा कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा प्रतिवादी लामिछानसँग दिनभर बयान लिइएको थियो । जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि उनी अदालतमा हाजिर भएका थिए ।






प्रतिक्रिया दिनुहोस्