Skip to content

राष्ट्रपतिले चारवटा अध्यादेश जारी गरे एउटा रोके

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चार वटा अध्यादेश जारी गरेका छन् भने एक अध्यादेश रोकेका छन्।

सरकारले राष्ट्रपति समक्ष पाँच वटा अध्यादेश सिफारिश गरेको थियो। त्यसमध्ये आइतबार चार वटा अध्यादेश जारी भएका छन्।

राष्ट्रिपतिको कार्यालयले विज्ञप्ति जारी गरी नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा चार वटा अध्यादेश जारी भएको जनाएको छ।

जसमा सुशासन प्रवर्छन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश(२०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन अध्यादेश),२०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश२०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ रहेका छन्।

राष्ट्रपति पौडेलले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन, २०८१ गर्न बनेको अध्यादेशलाई भने रोकेका छन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T