Skip to content

काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा विषादीको खपत तथा प्रयोगमा कमी : प्रतिवेदन

nabil bank

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा तरकारीसहित अन्य खाद्यबालीमा प्रयोग हुने किटनाशक तथा अन्य विषादी प्रयोगमा कमी आएको प्रतिवेदनले देखाएको छ । जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकद्वारा सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा यी दुई जिल्लामा पछिल्लो वर्ष विषादीको खपत तथा प्रयोगमा कमी आएको उल्लेख गरिएको छ ।

कार्यालयका प्रमुख कुलप्रसाद दवाडीका अनुसार पछिल्लो आर्थिक वर्ष २०८०र८१ मा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा अघिल्लो आवको तुलनामा समग्रमा विषादी खपत र प्रयोगमा कमी आएको छ ।

दवाडीद्वारा प्रस्तुत प्रतिवेदनमा आव २०८०/८१ मा काभ्रेपलाञ्चोकमा किटनाशक धुलोरदानादार विषादी १० हजार ५०० किलोग्राम, तरल विषादी नौ हजार लिटर, ढुसीनाशक धुलो–दानादार ३८ हजार एक सय किलोग्राम, तरल विषादी १० हजार ३० लिटर, झारनाशक धुलो–दानादार तीन हजार पाँच सय किलोग्राम, तरल विषादी चार हजार तीन सय लिटर खपत भएको उल्लेख गरिएको छ ।

जैविक विषादी धुलो–दानादार नौ सय किलोग्राम, तरल विषादी दुई हजार लिटर र अन्य धुलो–दानादार विषादी २५० किलोग्राम र एक हजार लिटर तरल विषादी खपत भएको प्रमुख दवाडीले जानकारी दिए । उनका अनुसार आव २०७९/८० मा भने काभ्रेपलाञ्चोकमा धुलोरदानादार विषादी ५६ हजार १६० किलोग्राम र तरल विषादी २८ हजार ९६४ लिटर प्रयोग गरिएको थियो ।

सिन्धुपाल्चोकमा आव २०८०/८१ मा किटनाशक धुलोरदानादार विषादी चार हजार चार सय पाँच किलोग्राम, तरल विषादी तीन हजार लिटर, ढुसीनाशक धुलोरदानादार १५ हजार २० किलोग्राम, तरल विषादी पाँच हजार ३२५ लिटर, झारनाशक धुलोरदानादार ८०० सय किलोग्राम, तरल विषादी एक हजार ९२० लिटर विषादी खपत भएको जनाइएको छ ।

जैविक विषादी धुलोरदानादारतर्फ ४०० किलोग्राम, तरल विषादी ९१५ लिटर र अन्य धुलोरदानादार विषादी २५० किलोग्राम र ३१२ लिटर तरल विषादी खपत भएको थियो ।

अघिल्लो आव २०७९/८० मा भने सिन्धुपाल्चोकमा धुलोरदानादार विषादी २३ हजार १७५ किलोग्राम र तरल विषादी १५ हजार ७७० लिटर खपत भएको थियो । प्रतिवेदनमा अघिल्लो आवको तुलनामा पछिल्लो आवमा दुवै जिल्लामा केही मात्रामा झारनाशक धुलोरदानादार विषादी प्रयोग बढेको जनाइएको छ ।

कार्यालय प्रमुख दवाडीले पछिल्ला केही महिनादेखि तरकारीसहित अन्य खाद्यबालीमा प्रयोग हुने किटनाशक तथा अन्य विषादी प्रयोगमा न्यूनीकरण गर्ने उद्देश्यले विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी दुवै जिल्लाका सरोकारवालासँग संयुक्त छलफल गरेका कारण पछिल्लो समय विषादीको खपत तथा प्रयोगमा कमी आएको दाबी गरे ।

‘यस्ता छलफललाई निरन्तरता दिँदै गइनेछ, चालु आवमा पनि बितेको आवझै विषादी प्रयोगमा कमी भएको तथ्यांक प्रस्तुत गर्न सकियोस् भन्ने अपेक्षा गर्दै छौँ’, उनले भने ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime