Skip to content

नेपालको समृद्धिको आधार पर्यटन : भौतिकमन्त्री देवेन्द्र दाहाल

nabil bank

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पर्यटन क्षेत्रलाई नेपालको समृद्धिको आधारका रूपमा रहेको बताएका छन् । नेपाली वाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा रहेकाले विदेशी मुद्रा आर्जनमा पनि यो क्षेत्र उपयोगी रहेको उनको भनाइ छ ।

काठमाडौं गोकर्णेश्वर नगरपालिकामा मंगलबार ‘११औं तारेभीर महोत्सव’ उद्घाटनमा उनले ग्रामीण क्षेत्रमा रहेका पर्यटन गन्तव्यसम्म पूर्वाधार विस्तार गर्न समेत सरकार प्रतिबद्ध रहेको बताए । मौलिक पर्यटन गन्तव्यसम्म सडक एवं पूर्वाधार विकास र विस्तार गरी ग्रामीण अर्थतन्त्र बलियो बनाउन सकिने मन्त्री दाहालको भनाइ छ ।

‘यस्ता सम्भाव्य स्थानमा पूर्वाधार विस्तारको खाँचो छ,’ मन्त्री दाहालले भने, ‘सडक विस्तारले अत्यावश्यकीय सेवा उपयोगका लागि सहज हुनका लागि गाउँमै स्वरोजगारी सिर्जना, कृषि उपजको बजारीकरण एवं पर्यटकीय क्षेत्रको विकास पनि हुने भएकाले हामी यसलाई प्राथमिकतामा राख्छौं ।’

त्यस क्रममा स्थानीयका तर्फबाट तारेभीर चक्रपथको डीपीआर समेत मन्त्री दाहाललाई हस्तान्तरण गरिएको थियो । उक्त चक्रपथ पूरा भए काठमाडौंभित्रको ग्रामीण क्षेत्रका रूपमा रहेका दर्जनौं बस्तीको जनजीवन सहज हुनुका साथै आर्थिक गतिविधि समेत चलायमान हुने बागमती प्रदेशका पूर्वभौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi