Skip to content

दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योल पक्राउ

nabil bank

सियोल । दक्षिण कोरियामा महाभियोगको सामना गरिरहेका राष्ट्रपति युन सुक–योललाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको छ।

महाभियोग लगाइएका राष्ट्रपति योललाई डिसेम्बर ३ मा गरिएको सैनिक शासन घोषणासँग सम्बन्धित विद्रोहको आरोपमा पक्राउ गरिएको हो। अनुसन्धानकर्ताहरूका अनुसार यो घटनालाई महत्त्वपूर्ण राजनीतिक संकटका रूपमा हेरिएको छ।

युनले डिसेम्बरमा सैनिक शासन लागू गर्ने प्रयास गरेपछि उनीमाथि विद्रोहको आरोपमा अनुसन्धान भइरहेको थियो। यसअघि जनवरीको सुरुमा गरिएको पक्राउ प्रयास असफल भएको थियो। पहिलो प्रयासमा पक्राउ असफल भएपछि अदालतले पक्राउ पुर्जीको म्याद थप गरेको थियो।

उक्त घटनाले दक्षिण कोरियामा राजनीतिक संकट निम्त्याएको छ। संवैधानिक अदालतले युनको महाभियोगको वैधता निर्णय गर्न भने बाँकी नै छ। युनको कानुनी टोलीले आरोपहरूलाई आधारहीन र गैरकानुनी भनेको छ र सैनिक शासन घोषणा राष्ट्रको सुरक्षाका लागि गरिएको दाबी गरेको छ।

उनलाई पक्राउ गर्न प्रहरी आएको खबर सुनेपछि उनका समर्थक र विरोधीहरू युन सुक(योलको निवास बाहिर भेला भएका थिए। उनका समर्थकहरूले युन सुक–योललाई पक्राउ गर्न नदिनलाई अनेक प्रयास गरिरहेका जनाइएको छ।

युन सुक–योलले गत वर्ष डिसेम्बर ३ मा मार्शल ल लगाउने घोषणा गरेका थिए। तर त्यसको विरोध भएपछि केही घण्टामै मार्शल ल फिर्ता लिएका थिए।

युन सुक–योल विरुद्धको महाभियोग प्रस्ताव डिसेम्बर १४ मा संसदमा पारित भएको थियो। डिसेम्बर ३१ मा दक्षिण कोरियाली अदालतले युन सुक(योललाई पक्राउ गर्न वारेन्ट जारी गरेको थियो।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime