Skip to content
Prabhu

लिवर्टी ईनर्जीको अवितरित हकप्रद सेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीले अवितरित हकप्रद सेयर लिलाम मार्फत् बिक्री खुला गरेको छ । कम्पनीले इच्छुक जो कोही व्यक्ति वा संगठित संघसंस्थाले किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो ।

कम्पनीले कात्तिक २० गतेसम्म कायम सेयरधनीका लागि मंसिर १६ देखि पुस ७ गतेसम्म ५० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ७५ लाख कित्ता हकप्रद सेयर खरिद आह्वान गरेकोमा ८ लाख २६ हजार ५७४ कित्ता सेयर बाँकी बसेको थियो ।

अब कम्पनीले सोही बाँकी बसेको सेयर लिलामी प्रक्रियाद्वारा बिक्री गर्न लागेको हो । यसमा आज माघ २ गतेदेखि ९ गतेसम्म आवेदन दिन सकिनेछ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ भने सेयर खरिद गर्दा घटीमा १०० कित्ता र बढीमा सम्पूर्ण कित्ता खरिदको मागसहित आवेदन दिन सकिनेछ ।

आवेदन बिक्री प्रबन्धक प्रभु क्यापिटलका साथै प्रभु बैंकका शाखा विराटनगर, वीरगंज, जाउलाखेल, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयमा पेश गर्न सकिनेछ। आवेदन फाराम पनि सोही स्थानमा पाइँनेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal